कृषि विकास बैंकद्वारा प्रजातन्त्र तथा विकास केन्द्रलाई आर्थिक सहयोग
काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रजातन्त्र तथा विकास केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।मंगलबार सामाखुसीस्थित केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य विनोद गुरागाईंले सो आर्थिक रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि गुरागाईंले केन्द्रले निःस्वार्थ भावनाले काम गरेको बताउँदै नेपालका कतिपय महिलाहरु विभिन्न कारणले पछाडि परेकोमा यस संस्थाले त्यस्ता महिलालाई अगाडि बढाउने कार्यमा लागिपरेको उल्लेख गरे । हार्दिकताको जीवन बनाउन महिला वर्गलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्दै उनले त्यसो गरे घर, समाज र राष्ट्र नै समृद्ध हुने बताए ।
उनले यस्तो अमृतमय कार्यमा कृषि विकास बैंकले आफ्नो कमाइको सानो अंशबाट आर्थिक सहयोग गरेर पुण्य कमाएको विचार व्यक्त गरे ।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाशन न्यौपानेले शेयर धनीले पाउने अंशबाट कट्टा गरेर सामाजिक कार्यको लागि यस्तो राम्रो संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गरे ।
संस्थाले विगत २४ वर्षदेखि विपन्न वर्गका छोरीचेलीहरुलाई शिक्षा दिने कार्य गरेको छ । कृषि विकास बैंक बजार तथा अनुसन्धान विभागका विभागीय प्रमुख टंकप्रसाद पोखरेल, वरिष्ठ शाखा अधिकृत कौशीला बोगटी र वरिष्ठ ऋण अधिकृत शान्तिराम भट्टराईकोसमेत सहभागिता रहेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया