२० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पठायो
काठमाडाैं । काठमाडौंको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले कारबाहीको लागि यातायात व्यवस्था कार्यालय ललितपुर पठाएको छ ।
सोमवार बा १ ज ५७ ७० नम्बरको माइक्रो बस जाँच गर्दा २० वर्ष अवधि पुगेको देखिएकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । चेकिङको क्रममा उक्त माइक्रो बस सन् २००० सालमा बनेको कागजात भेटिएको थियो । उक्त माइक्रो बसलाई आवश्यक कारबाहीका लागि ललितपुरस्थित यातायात व्यवस्था कार्यालय पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सवारी साधन उत्पादन भएको वर्ष र शुरु दर्ता मिति पनि खुलेका सवारी साधनको हकमा उत्पादन वर्षले २० बर्ष, उत्पादन वर्ष नखुलेको तर सुरु दर्ता मिति मात्र खुलेको सवारीको हकमा सुरु दर्ता मितिले २० वर्ष पुगे नपुगेको गणना हुन्छ । यस्तै, शुरु दर्ता भइनसकेका भन्सार कार्यालय र राजश्व अनुसन्धान विभाग जस्ता निकायले लिलाम गरेका सवारीको हकमा भने उत्पादन वर्षले डिसेम्बर महिनाको आधारमा २० वर्ष पुगे नपुगेको एकिन गरी इन्धनबाट चल्ने यात्रु तथा मालबाहक सवारी साधन २० वर्षभन्दा बढी चलाउन नपाईने यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ मा प्रावधान रहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया