महाभियोग लागेका प्रधानन्यायाधीश राणासँग संसदीय समितिले १५ गते बयान लिने

काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बयानका लागि बोलाउने भएको छ । समितिको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रधानन्यायाधीश राणालाई बयानका लागि बोलाउनेलगायत विभिन्न संस्थाहरूमा पत्राचार गर्ने निर्णय गरेको समितिका सभापतिको रूपमा काम गरिरहेका समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।
महाभियोगका विषयमा आफ्ना धारणा राख्न राणालाई बोलाउने निर्णय गरिएको उनले बताए ।
‘समितिले भदौ १५ गते बिहान ११ बजे महाभियोगका विषयमा आफ्ना कुरा राख्नका लागि बोलाउने निर्णय गरेको छ,’ उनले भने ।
समितिले यही भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको छ ।
प्रतिक्रिया