यी हुन् महाभियोग सिफारिस समितिमा एमालेले राखेका ३ फरक मत
काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले फरक मत राखेको छ । आन्तरिक कार्यविधि र कार्यतालिका पारित गर्न बुधबार बसेको बैठकमा एमालेले तीन बुँदे फरक मत राखेको हो ।
सिफारिस समितिमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद विष्णु पौडेलले तीन बुँदे फरक मत राखेका हुन् ।
यी हुन् एमालेका तीन बुँदे फरक मत :
१. महाअभियोग प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता भएकोमा समितिमा पठाउन ढिलाइ गर्नुको कारण सभामुख अग्निप्रसाद सापकोटासँग माग गर्नुपर्ने ।
२. प्रतिनिधिसभा नियमावलीअनुसार महाअभियोगमाथि छानबिनका लागि समितिले तीन महिना समय पाउनुपर्नेमा नपाउने अवस्था आउनुको कारण माग गर्नुपर्ने ।
३. समितिको प्रतिवेदन संसद्मा पेस हुने र निर्णयार्थ पेस हुने सुनिश्चितता माग गर्नुपर्ने ।
फरक मत राख्ने सांसदहरूमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेल छन् ।
समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई यही भदौ १५ गते बयानका लागि बोलाएको छ ।
महाभियोग लागेका प्रधानन्यायाधीश राणासँग संसदीय समितिले १५ गते बयान लिने
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया