प्रचण्डका घरबेटीको निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सम्झौताअनुसार समयमै काम नगरेको भन्दै सरकारले शैलुङ कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा ३ वर्ष प्रतिबन्ध लगाएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) ले बुधबार सार्वजनिक सूचनामार्फत शैलुङ कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको जनाएको हो । शैलुङ पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी हो ।
बालाजु–रानीपौवा सडक निर्माणमा पटक–पटक ताकेता गर्दा पनि काम नगरेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा पिपिएमओले कम्पनीलाई आगामी ३ वर्षका लागि कालोसूचीमा राखेको छ ।
उक्त सडक निर्माणका लागि भारतीय कम्पनी आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङले संयुक्त रूपमा ठेक्का लिएका थिए । यद्यपि, दुवै कम्पनीलाई कालोसूचीमा राखिएको पिपिएमओले जनाएको छ । अब शैलुङले ०८२ भदौ ७ सम्म निर्माणसम्बन्धी कुनै पनि ठेक्का लिन पाउने छैन, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया