सिरहा १ बाट निर्वाचन लड्दैछु, सहयोग गर्नुस् : सरिता गिरी
काठमाडाैं । सद्भावना पार्टी छोडेको घोषणा गरेको भोलिपल्टै सरिता गिरीले सिरहा १ बाट प्रतिनिधिसभाको निर्वाचन लड्ने घोषणा गरेकी छिन् ।
नेता प्रदीप गिरीको इच्छा अनुसार सद्भावना पार्टी छोडेको घोषणा गरेको भोलिपल्टै बिहीबार गिरीले सामाजिक संजालमार्फत् सिरहा १ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।
केही दिन अघि निधन भएका प्रदीप गिरीले २०७४ सालमा सिरहा १ बाट चुनाव जितेका थिए । नातामा गिरीकी बुहारी पर्ने सरिताले मंसिर ४ मा हुने निर्वाचनका लागि सोही क्षेत्र रोजेकी हुन् ।
‘म सिरहाको १ नं निर्वाचन क्षेत्र बाट सांसद पदका लागि निर्वाचन लड्न गई रहेको छु । यो आधिकारिक घोषणा हो । सबै जना संग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु ।’ उनले भनेकी छिन् ।
गिरीले बुधाबार नेपालवाचसँग कुरा गर्दै सद्भावना वा अन्य दलको चुनाव चिन्ह लिएर सिरहा १ बाट चुनाव लड्ने बताएकी थिइन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया