सिरहा १ बाट निर्वाचन लड्दैछु, सहयोग गर्नुस् : सरिता गिरी
काठमाडाैं । सद्भावना पार्टी छोडेको घोषणा गरेको भोलिपल्टै सरिता गिरीले सिरहा १ बाट प्रतिनिधिसभाको निर्वाचन लड्ने घोषणा गरेकी छिन् ।
नेता प्रदीप गिरीको इच्छा अनुसार सद्भावना पार्टी छोडेको घोषणा गरेको भोलिपल्टै बिहीबार गिरीले सामाजिक संजालमार्फत् सिरहा १ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।
केही दिन अघि निधन भएका प्रदीप गिरीले २०७४ सालमा सिरहा १ बाट चुनाव जितेका थिए । नातामा गिरीकी बुहारी पर्ने सरिताले मंसिर ४ मा हुने निर्वाचनका लागि सोही क्षेत्र रोजेकी हुन् ।
‘म सिरहाको १ नं निर्वाचन क्षेत्र बाट सांसद पदका लागि निर्वाचन लड्न गई रहेको छु । यो आधिकारिक घोषणा हो । सबै जना संग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु ।’ उनले भनेकी छिन् ।
गिरीले बुधाबार नेपालवाचसँग कुरा गर्दै सद्भावना वा अन्य दलको चुनाव चिन्ह लिएर सिरहा १ बाट चुनाव लड्ने बताएकी थिइन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया