पार्किङका लागि बनाइएको बेसमेन्टमा व्यवसाय संचालन गर्न दिने अल्फाबिटाका संचालकलाई बालेनले थर्काएपछि …
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहरका विभिन्न ठाउँमा अलग प्रयोजनको लागि बनाइएका संरचनामा व्यवसाय संचालन गरेको पाइएपछि हटाउन अग्रसरता लिएका छन् ।
यसै क्रममा उनी बिहीबार बानेश्वरको अल्फाबिटामा पुगेका थिए । महागनरपालिकासँगको समन्वयमा बेसमेन्टमा पार्किङ गर्ने भन्दै छुटमा नक्सा पास गरिए पनि अल्फाबिटाले अन्डरग्राउन्डमा व्यवसाय संचालन गर्न दिएका हुन् । पार्किङ बनाउनुपर्ने ठाउँमा फार्मेसी संचालन गर्न दिइएको छ । तर पार्किङ सडकपेटीमा गरिएको छ ।
काठमाडौं महानगरले यस्ता व्यवसाय हटाएर पहिले भएको सहमति अनुसार पार्किङका लागि छोडिदिन ३५ दिने सूचना प्रकाशित गरेका थिए । तर घरधनीहरूले सूचनालाई अटेर गर्दै संरचना खाली गर्न नमानेपछि बालेन डोजर लिएर यस्ता संरचना भत्काउन आफैं फिल्डमा खटिएका हुन् ।
यसै क्रममा अल्फाबिटाका संचालकले आफूहरूलाई सूचना नै नभएको भन्दै बालेनसँग उल्टै प्रश्न गरेका थिए । तर बालेनले पत्रिकामा ३५ दिने सूचना निकालेको भन्दै अनधिकृत संरचना हटाएर सहयोग गर्न आग्रह गरेका हुन् ।
अल्फाबिटाका संचालकले यस्ता संरचना हटाउन नमानेपछि बालेन झोक्किएका थिए । अल्फाबिटाका संचालक बालेनसँग उल्टै जनप्रतिनिधिले यसरी हकार्ने होइन भन्दै प्रतिवादमा उत्रिएका थिए ।
नगरपालिकासँग पार्किङका लागि भनेर सहमति गर्ने तर मोटो रकममा संरचना बडाएर भाडामा लगाउने क्रम बढेपछि बालेन यस्ता संरचना भत्काउँदै हिंडेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया