‘प्रकाश’ हेरेपछि ज्ञानेन्द्र शाहीले भने : हामी जुम्लीको यथार्थ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले चलचित्र ‘प्रकाश’मा जुम्लाका मानिसको यथार्थ देखाइएको बताएका छन् ।
उक्त चलचित्रको प्रिमियर शो हेरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘अरु सबैलाई कथा लागे पनि यो हामी जुम्लीको यथार्थ हो ।’
प्रवक्ता शाहीले हरेक चलचित्रकर्मीलाई जुम्लामा आउन आग्रह गर्दै ‘प्रकाश’लाई संसारभर चिनाउनसमेत अनुरोध गरेका छन् ।
‘जुम्लामा हरेक फिल्मकर्मीलाई आउन र संसारभर चिनाउन हार्दिक अनुरोध गर्दै प्रकाश चलचित्र अत्यन्तै सबल र सक्षम देखियो सफलताको हार्दिक मंगलमय शुभकामना !’ उनले लेखेका छन् ।
उनले प्रदीप खड्कालगायत चलचित्रका कलाकारहरूसँग खिचेका तस्बिरहरू पनि सामाजिक सञ्जालमा राखेका छन् ।
शाही जुम्लामा जन्मिएका हुन् । उनी त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया