अमेरिकी प्रथम महिला जिललाई कोरोना
काठमाडौं (एजेन्सी) । अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना भाइरसबाट संक्रमित भएकी छन् ।
उनकी सञ्चार उप–निर्देशक केल्सी डोनोहुएले जारी गरेको वक्तव्यमा बाइडेनलाई बुधबार सङ्क्रमणको पुष्टि भएको उल्लेख गरिएको छ ।
नियमित परीक्षणका क्रममा गत मङ्गलवार भने उनलाई सङ्क्रमण देखिएको थिएन । उनले अहिले आफू सङ्क्रमित भएको पुष्टि भएपछि पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेकी छन् ।
यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि अघिल्लो बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।
त्यसपछि उनले घरमै छुट्टै बस्ने र मस्क लगाउने गर्दै आएको उनको सचिवालयले जनाएको छ । उनी दश दिनसम्म छुट्टै बस्ने भएका छन् ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया