अमेरिकी प्रथम महिला जिललाई कोरोना
काठमाडौं (एजेन्सी) । अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना भाइरसबाट संक्रमित भएकी छन् ।
उनकी सञ्चार उप–निर्देशक केल्सी डोनोहुएले जारी गरेको वक्तव्यमा बाइडेनलाई बुधबार सङ्क्रमणको पुष्टि भएको उल्लेख गरिएको छ ।
नियमित परीक्षणका क्रममा गत मङ्गलवार भने उनलाई सङ्क्रमण देखिएको थिएन । उनले अहिले आफू सङ्क्रमित भएको पुष्टि भएपछि पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेकी छन् ।
यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि अघिल्लो बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।
त्यसपछि उनले घरमै छुट्टै बस्ने र मस्क लगाउने गर्दै आएको उनको सचिवालयले जनाएको छ । उनी दश दिनसम्म छुट्टै बस्ने भएका छन् ।
ताजा अपडेट
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने


प्रतिक्रिया