सुनको मूल्य तोलामा १४०० रूपैयाँले गिरवाट
काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन तोलामा एक हजार रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै गत शुक्रबार तोलामा ९७ हजार पाँच सय रूपैयाँ कायम गरिएको तेजावी सुन आजको लागि ९६ हजार एक सय रूपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ४० रूपैयाँ घटेर एक हजार २९५ रूपैयाँमा कारोबार भइरहेको हो । गत शुक्रबार चाँदी तोलामा २० रूपैयाँ घटेर एक हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया