प्रचण्डको सुझाव : जनतासँग मिलेर काम गर्नू, हर्कको जवाफ : हस् सर !
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरिरहेको बताएका छन् ।
धरान उपमहानगरको आयोजना र वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा शुक्रबार वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै अध्यक्ष प्रचण्डले साम्पाङबाट प्रेरणा लिन सकिने बताएका हुन् ।
‘हर्कजीले कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम गर्नुभएको छ’, उनले भने, ‘पार्टीका साथीहरूले उहाँबाट प्रेरणा लिन सक्नुहुन्छ ।’

कार्यक्रममा प्रचण्डले जनतासँग मिलेर काम गर्न सुझाव दिएका छन् । जवाफमा साम्पाङले सधैँ जनतासँग मिलेर काम गर्ने बताए ।
‘हस् सर !, म संधै जनतासँग मिलेर काम गर्छु’, उनले भने ।
प्रचण्ड वृक्षारोपणमा सहभागी भएपछि साम्पाङ निकै हौसिएका थिए । प्रचण्डले मेयरलाई थप हौसला दिँदै भने– ‘हर्कले राम्रो काम गरिरहुनुभएको छ । उपमेर पनि हाम्रै पार्टीका हुनुहुन्छ । उहाँहरूको जोडी असाध्यै मिलेको छ । सुभकामना छ ।’
प्रचण्डले मेयर साम्पाङसँगै वृक्षारोपण गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया