हर्क साम्पाङको प्रश्न : काठमाडौंको फोहर उठाइसके ?
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति झण्डै दुई सातायता निरन्तर कटाक्ष गरिरहेका छन् ।
मेयर शाहले काठमाडौंको फोहर व्यवस्थापन गर्न नसकेको उनको आरोप छ । फोहर व्यवस्थापन हुन नसक्नुमा राजनीतिक दलका कार्यकर्ताको अवरोधलाई बिर्सँदै साम्पाङले निरन्तर शाहमाथि प्रहार गरे । शाहले पनि एकपटक भने जवाफ फर्काए ।
अहिले काठमाडौंको फोहर उठ्ने काम भइरहेको छ । अबको चार दिनमा उठिसक्ने जानकारी महानगरले दिएको छ ।
यद्यपि, साम्पाङ भने काठमाडौंका मेयर शाहलाई निरन्तर खेदिरहेकाे उनले फेसबुकमा पोस्ट गरेका स्टाटसमा देख्न सकिन्छ ।
यसैबीच, आज पनि उनले काठमाडौंलाई व्यङ्ग्य गर्दै लेखेका छन्, ‘काठमाडौंको फोहर उठाइसके ?’
साम्पाङको यो क्रियाकलापप्रति अधिकांशले सुझाव दिइरहेका छन् । आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको विषयमा सामाजिक सञ्जालमा धेरै नलेख्न उनीहरूको सुझाव छ ।
बालेनले गरे हर्कलाई कूटनीतिक सम्बोधन : फोहर व्यवस्थापनमा देखाएको चासो सह्रानीय छ
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया