दक्षिण कोरियामा एक दिन थपिए एक लाखभन्दा बढी संक्रमित
काठमाडाैं । दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक हजार एक सय ४० जना संक्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा शुक्रबार संक्रमितको संख्या घटेको देखिएको छ ।
योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल संख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ ।
अघिल्लो दिन एक लाख १३ हजार तीन सय ७१ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । अघिल्लो हप्ता औसतमा एक लाख १४ हजार सात सय ६५ जना संक्रमित भएका थिए ।
अहिले संक्रमित अवस्थामै रहेकामध्ये पाँच सय ७५ जना गम्भीर अवस्थामा रहेका छन । ती मध्ये नौ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया