आफ्नो अभियानमा सहयोग जुट्न थालेपछि बालेनले भने धन्यवाद

काठमाडौं । पार्किङका लागि बनाइएका संरचनालाई पुनः पार्किङमै फर्काउन गरिएको स्वघोषणापछि काठमाडौं महागनरपालिकाका मेयर बालेन शाहले खुशी व्यक्त गरेका छन् ।
अनधिकृत रुपमा बनाइएका संरचना डोजर लगाएर भत्काइएपछि स्वतस्फूर्त रुपमा पार्किङमा फर्काउने घोषणा हुन थालेपछि बालेनले सुधारमा सहयोग गर्नेलाई धन्यवाद दिएका हुन् । राहधानी विभागसहितका संस्थाले पार्किङका लागि बनाइएका संरचनामा पार्किङ नै गर्ने सूचना निकालेपछि बालेनले धन्यवाद व्यक्त गर्दै डोजर लिएर आउनै नपर्ने गरी सहयोग गर्न आग्रह गरेक हुन् ।
‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहीरुपमा प्रयोग होस् । यो कुरालाई पहिलेदेखि नै व्यवहारिकरुपमा प्रयोग गर्नु भएकाहरुप्रति महानगर आभारी छ’ स्वतस्फूर्त रुपमा बेसमेन्टलाई पार्किङमा फर्काउने घोषणा गर्नेको फोटो सामाजिक संजालमा सेयर गर्दै बालेनले भनेका छन्, ‘अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ । महानगरको यो अभियान सँधै रहनेछ । हामी पुनः अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला ।’
३५ दिने सूचना निकालेपछि कतिपय घरबेटीले पार्किङको ठाउँमा बनाइएका संरचना हटाउन तयार नभएपछि बालेन डोजर लिएर भत्काउँदै हिंडेका थिए । छुटमा पार्किङका लागि भनेर नक्सा पास गर्ने तर अन्य प्रयोजनका लागि भाडामा लगाएर सडकमा पार्किङ गर्ने क्रम बढेपछि बालेन यस्ता अनधिकृत संरचना भत्काउँदै हिँडेका हुन् ।
उनको यो अभियानलाई जनमानसले पनि उत्तिकै रुचाएका छन् । व्यवसायीले पनि आफूहरूले भाडा तिरिरहेको भन्दै घरबेटीको कारण आफूहरूको लगानी जोखिममा परेको गुनासो गर्दै आएका छन् । तर बालेनले यस्तो संरचनाको जिम्मा घरबेटीले बेहोर्नुपर्ने र क्षतिपूर्ति पनि उनीहरूबाटै भराउनुपर्ने बताएका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया