हेलिकप्टरभित्रै पुत्र लाभ !
काठमाडौं । गोरखाको आखिरी गाउँ निलेकी ३४ वर्षीया याङ्जेन लामा लगालग आठ दिन सुत्केरी बेथाले थलिइन् । आठ दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि उनका श्रीमान् ग्याम्जोले आइतबार ४ बजे नेपाली सेनाको हेलिकप्टर झिकाए । साढे ४ बजेतिर उनलाई हेलिकप्टरले काठमाडौं पुर्यायो ।
संयोगवश उनलाई बोकेको हेलिकोप्टर एयरपोर्टमा ल्याण्ड हुनु र उनले छोरा जन्माउनु एकैसाथ भयो ।
हेलिकोप्टरभित्रै पुत्र लाभ भएपछि ग्याम्जोले याङ्जेनकी आमाछोरालाई थापाथलीस्थित प्रसूति गृहमा पुर्याएका छन् ।
यसअघि याङ्जेनका चारवटा सन्तान थिए । एक जनाको मृत्यु भइसकेको छ । सोही हेलिकोप्टरमा चुमनुब्री गाउँपालिका ७ बुर्जीकी अर्की २८ वर्षीया गर्भवती धेजेन साङ्मोको पनि उद्धार गरिएको छ, अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया