तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावल सुनको मूल्य ९५ हजार १०० रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९४ हजार कायम भएको छ भने चाँदी ११ सय ४५ रुपैयाँ कायम छ ।
यो आइतबारको तुलनामा १५ रुपैयाँ कम हो । आइतबार चाँदी तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया