कोरोना संक्रमण भारत, पाकिस्तान र मलेसियामा क्रमश : कम हुँदै
काठमाडाैं । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कोरोना संक्रमण दर क्रमशःघट्दै गएको छ । भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४५ जनाको मृत्यु भएको छ । यसैसँग कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार सात सय ९९ जनाको मृत्यु भइसकेको छ ।
भारतमा हाल ८४ हजार नौ सय ३१ जना सक्रिय संक्रमित छन् । संक्रमणका नयाँ बिरामी थपिएसँगै देशभर कोभिड–१९ पीडितको संख्या चार करोड ४४ लाख १५ हजार सात सय २३ पुगेको छ ।
यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ७० जना नयाँ संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेको सङ्ख्या तीस हजार पाँच सय ७५ पुगेको छ ।
गएको २४ घण्टा अर्थात आइतबार मध्यरातिसम्म कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीले बताएका छन् । एकसय १० जना बिरामीको अवस्था गम्भीर छ ।
यसैबीच, मलेसियामा कोरोना लागेर दुई जनाको मृत्यु भएको तथा दुई हजार एक सय १९१ जना नयाँ बिरामी थपिएका छन् । आइतबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीले अझै पनि देशभर ३२ हजार नौ सय एक जना सक्रिय संक्रमित रहेका बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया