यसकारण ओलीमाथि मैले राजनीतिक बम प्रहार गरें : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारीको नाइके भएको भन्दै उनीमाथि राजनीतिक बम प्रहार गरेको बताए ।
‘अघिल्लो निर्वाचनमा वामपन्थी धुब्रीकरणको आवश्यकता देखेर मैले नै एमालेसँग एकताको प्रस्ताव राखेको हो । पार्टी एकता पनि भयो’, सोमबार राजनीतिक वैचारीक प्रशिक्षणमा बोल्दै उनले भने, ‘तर तीन वर्ष नपुग्दै ओलीले बेहिमानी, छलछाम र षड्यन्त्र गरेर नेकपा विघटन गरे । त्यही भएर १९ पृष्ठ लामो राजनीतिक बम प्रहार म आफैले गरेको हुँ ।’
कार्यक्रममा उनले आगामी निर्वाचनपछि माओवादीले देशको नेतृत्व गर्ने दाबी गरे । ओलीजस्तो नौटंकी र नाटकी राजनीतिमा कोही नभएको जिकिर गरे ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया