चौथो टी २० : जित्नैपर्ने खेलमा केन्याले टस जितेर ब्याटिङ रोज्यो
काठमाडौं । पाँच खेलको ती २० सिरिज अन्तर्गत चौथो खेलमा केन्याले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
आइतबार पनि केन्याले टस जितेर १५६ रन बनाएको थियो । तर नेपालले तीन बल बाँकी छँदै जित हात पार्दै सिरिजमा २–१ ले अग्रता लियो ।
चौथो खेलमा केन्या हारे नेपालले सिरिज जित्नेछ । सिरिजमा कायम रहन केन्यालाई आजको खेल जित्नैपर्ने अवस्था छ ।
केन्याले खेल जिते सिरिज २–२ को अवस्थामा पुग्नेछ । जसमा अन्तिम खेलले सिरिजको टुंगो लगाउनेछ ।
खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया