चौथो टी २० : जित्नैपर्ने खेलमा केन्याले टस जितेर ब्याटिङ रोज्यो
काठमाडौं । पाँच खेलको ती २० सिरिज अन्तर्गत चौथो खेलमा केन्याले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
आइतबार पनि केन्याले टस जितेर १५६ रन बनाएको थियो । तर नेपालले तीन बल बाँकी छँदै जित हात पार्दै सिरिजमा २–१ ले अग्रता लियो ।
चौथो खेलमा केन्या हारे नेपालले सिरिज जित्नेछ । सिरिजमा कायम रहन केन्यालाई आजको खेल जित्नैपर्ने अवस्था छ ।
केन्याले खेल जिते सिरिज २–२ को अवस्थामा पुग्नेछ । जसमा अन्तिम खेलले सिरिजको टुंगो लगाउनेछ ।
खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।
ताजा अपडेट
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो


प्रतिक्रिया