महिलाको अवस्था सुधार्न सांस्कृतिक परिवर्तन गर्ने अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट
काठमाडाैं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशका महिलाको अवस्था सुधारका लागि सांस्कृतिक परिवर्तन गर्ने अठोट गरेका छन् । उनले कतिपय संस्कृतिका कारण महिलाको अवस्था सुधारमा समस्या देखिएकाले त्यसलाई नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
लेबर पार्टीका नेतासमेत रहेका अल्बानीजले महिलामध्ये पनि कामदार महिलाका लागि कार्यक्षेत्रमा सुधार गर्ने अठोट व्यक्त गरे । आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिन पुरा भएको अवसरमा उनले लेबर पार्टी सधैँ मजदुहरुको पक्षमा रहेकाले महिला मजदुरको पक्षमा ठोस र देखिने काम गर्ने दावी गरे ।
विगतका शैली र प्रबृत्तिले नचल्ने भएकाले सरकारले पुनर्संरचनाको खाका बनाएको पनि उनले जानकारी दिए ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया