महिलाको अवस्था सुधार्न सांस्कृतिक परिवर्तन गर्ने अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट
काठमाडाैं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशका महिलाको अवस्था सुधारका लागि सांस्कृतिक परिवर्तन गर्ने अठोट गरेका छन् । उनले कतिपय संस्कृतिका कारण महिलाको अवस्था सुधारमा समस्या देखिएकाले त्यसलाई नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
लेबर पार्टीका नेतासमेत रहेका अल्बानीजले महिलामध्ये पनि कामदार महिलाका लागि कार्यक्षेत्रमा सुधार गर्ने अठोट व्यक्त गरे । आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिन पुरा भएको अवसरमा उनले लेबर पार्टी सधैँ मजदुहरुको पक्षमा रहेकाले महिला मजदुरको पक्षमा ठोस र देखिने काम गर्ने दावी गरे ।
विगतका शैली र प्रबृत्तिले नचल्ने भएकाले सरकारले पुनर्संरचनाको खाका बनाएको पनि उनले जानकारी दिए ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया