पल शाहको इच्छा : एकपल्ट दर्शकसँगै बसेर फिल्म हेर्न पाउँ
काठमाडाैं । नायक एवं मोडल पल शाहले एकपटक दर्शकसँगै बसेर अहिले चलिरहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले आज प्रहरीसामू आत्मसमर्ण गर्नुपूर्व एक भिडियोमार्फत उक्त कुरा व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘ मेरो एउटा इच्छा छ, सायद प्रहरीसमक्ष गएपछि सम्भव होला या नहोला, नहोला पनि । नेपाल सरकारसमक्ष एउटा अनुरोध गर्न चाहान्छु, एकचोटी तपाईँहरूमाझ बसेर मुभी हेर्न मन छ मलाई ।’
नायक शाहले प्रहरीसामू आत्मसमर्ण गरिसकेका छन् । उनले भिडियोमा आफूलाई फसाउँदै यहाँसम्म ल्याएको कुरा भिडियोमा बोलेका छन् । यसभन्दा अगाडि आफू बिरामी भएको, परिवारको जिम्वेवारी र चलिरहेको फिल्मलाई केही असर नहोस् भनेर उपस्थित हुन नसकेको कारण खुलाएका छन् ।
उनले अदालतले जे निर्णय गर्नेछ, त्यसलाई आफूले मान्न तयार रहेको बताएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया