केन्यासँग टी २० सिरिजको निर्णायक खेल खेल्दै नेपाल
काठमाडौं । सिरिज जित्न कमजोर लक्ष्य पछ्याउँदा पनि केन्यासँग पराजित भएको नेपालले आज सिरिजको अन्तिम र निर्णायक खेल खेल्दैछ ।
सोमबार नेपाल १०२ रन पछ्याउँदा पनि ७ रनले पराजित हुन पुगेको थियो । सन्दीप लामिछानेको टी २० मा ४ ओभर ९ रन ५ विकेटको महत्वपूर्ण प्रदर्शन पनि खेर गएको खेलमा नेपालले लज्जास्पद पराजय बेहोरेको हो ।
अघिल्लाे दिनमात्रै नेपालले १५७ रन पछ्याउँदा पनि सहज जित हात पारेकाे थियाे । तर भाेलिपल्टै १०२ रनकाे लक्ष्यमा पनि नेपाल चुक्याे ।
रोहित पौडेलबाहेकका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा नेपालले शर्मनाक पराजय बेहोरेको हो । जसले आइसकेको सिरिज पनि गुम्ने जोखिम बढाएको छ ।
कम लक्ष्यमा पनि नेपाललाई रोक्न सकेको केन्याको भने मनोबल बढेको छ । तर सधैंझै नेपालको ब्याटिङको चिन्ता फेरि पनि बढेको छ ।
खेल नेपाली समय अनुसार दिउसो पौने चार बजे सुरु हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया