फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
काठमाडाैं । अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उनले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेका छन् ।
सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उनले सबैलाई धन्यवाद भनेका छन् । आफ्ना समर्थक एवं प्रशंसकहरूका स्नेहपूर्ण सन्देशका निम्ति आभार व्यक्त गर्दै उनले आफ्नो स्वास्थ्य राम्रो रहेको र त्यसप्रति आफूले ध्यान दिएको उनले सञ्जालमा उल्लेख गरेका छन् ।
विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन पटक प्रथम स्थानमा पु-याउन सफल गत वर्षदेखि अर्बुदरोगबाट पीडित छन् । उनले शरीरबाट ट्युमर हटाएपछि साओ पाउलोको अस्पतालमा केमोथेरापि गराएका थिए । पिसाब नलीमा संक्रमण देखिएपछि उनी दुई साताभन्दा बढी समय अस्पताल भर्ना भएका थिए ।
विश्वका उत्कृष्ट फुटबलर पेलेले आफ्नो जीवनको २१ वर्ष फुटबल खेलमा व्यतित गरेका थिए । एक हजार तीन सय ३६ वटा व्यावसायिक स्पर्धामा उनले एक हजार दुई सय ८१ गोल गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया