फुटबलर किरण चेम्जोङ आज विवाह बन्धनमा बाँधिँदै
काठमाडौं । नेपाली फुटबलर किरण चेमजोङ आज कञ्चन निरौलासँग वैवाहिक बन्धनमा बाँधिदै छन् ।
बताइएअनुसार, चेमजोङ डेढ वर्षदेखि निरौलासँग प्रेममा थिए । त्यही सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत गर्न लागेका हुन् ।
कञ्चन यती एयरलाइन्सकी एअर होस्टेज हुन् ।
मंगलबार हल्दी मेहेन्दी कार्यक्रम गरेका उनीहरूले आफन्त, साथीभाइको सीमित उपस्थितिमाझ वैवाहिक कार्यक्रम गर्दैछन् ।
गत अगस्टमा माल्दिभ्समा सम्पन्न धिबेही प्रिमियर लिगमा चेमजोङले मैदानमै प्रेमिका सार्वजनिक गरेका थिए । लगत्तै उनले औंठी लगाइदिएर इन्गेजमेन्ट गरेका थिए ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया