सुनचाँदीको मूल्य घट्याे,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो ।
बुधबार ११ सय ३० रुपैयाँमा कारोबार भएकाे चाँदी बिहीबार तोलामा ३० रुपैयाँले घटेर ११ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया