सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

काठमाडाैं । साताको अन्तिम दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक सय रूपैयाँ घटेर ९३ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार सुनक मूल्य तोलामा ९३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी भने तोलामा ५ रूपैया बढेर एक हजार १०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा एक हजार १०० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया