शून्य समय : डेंगु नियन्त्रण गर्न माग
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेंगुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गरिन् । उनले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेंगुका बिरामीले शय्या पाउन मुस्किल परेको अवस्था रहेको बताइन् । सांसद मैनाकुमारी भण्डारीले नागरिकता विधेयकमा सरकार संवेदनशील हुन नसकेको गुनासो गरिन् । सांसद रङ्गमती शाहीले स्वास्थ्य, शिक्षा र वृद्धवृद्धाको जिम्मा राज्यले लिनुपर्छ भरिन् ।
सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार–पाँचथरको रविराँके सडक (एक सय एक किलोमिटर) बाटो निर्माण सुरु गरेको पाँच वर्ष भए पनि पूरा हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद रामवीर मानन्धरले शून्य समयमा बोलेको विषयको कुनै पनि सम्बोधन नहुने गुनासो गरे ।
सांसद रेनुका गुरुङले नेपाल– भारत खुला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि अन्त्य गर्न सरकारसँग माग गरिन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया