एकदिवसीय क्रिकेटमा नेपालको दुर्लभ शतकीय साझेदारी
काठमाडौं । केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपालले दुर्लभ साझेदारी गरेको छ ।
सधैं ब्याटिङमा र अझै ओपनिङमा समस्या भोग्दै आएको नेपालले पहिलो विकेटका लागि एक सय रनको साझेदारी गरेको हो ।
आसिफ शेख र अर्जुन साउदले पहिलो विकेटका लागि २०.३ ओभरमा एक सय रनको साझेदारी गरेका हुन् । यस क्रममा आशिफ शेखले अर्धकशतीय पारी खेलेका छन् । साउद पनि अर्धकशतक नजिक छन् ।
नेपालले जितका लागि केन्याविरूद्द २१९ रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया