दुर्लभ साझेदारी गरेका नेपालका दुवै ओपनरले खेले अर्धशतकीय पारी
काठमाडौं । केन्याविरुद्ध दुर्लभ एक सय बढी रनको साझेदारी गरेका नेपालका ओपनरद्वय आशिफ शेख र अर्जुन साउद दुवैले अर्धशतकीय पारी खेलेका छन् ।
ओपनिङ जोडीले २०.२ ओभरमा एक सय रनको साझेदारी गरेका थिए । टिमले एक सय रन बनाउँदा नै आशिफले अर्धशतक प्रहार गरिसकेका थिए ।
अर्जुनले पनि खेलको २५.३ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । २६ ओभरमा नेपालले १२३ रन बनाएको छ । नेपाली ओपनरले पहिलो विकेटका लागि गरेको यो कीर्तिमानी साझेदारीसमेत हो ।
नेपालले केन्याविरुद्ध जितका लागि २१९ रनको लक्ष्य पछ्याइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया