काजकिरियामा बसिरहेका कांग्रेस नेता केसीको स्वास्थ्य बिग्रिएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
काठमाडौं । आमाको निधनपछि काजकिरियामा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि कांग्रेस नेता बलबहादुर केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
सोलखुम्बुमा आमाको किरिया बसिरहेका केसीको सुगर र प्रेसर बढेपछि हेलिकोप्टरबाट ल्याइ काठमाडौंको धुम्बाराहीस्थित हेम्स हस्पिटलमा भर्ना गरिएको जानकारी कांग्रेस नेता रामहरि खतिवडाले जानकारी दिए ।
‘उहाँ १० दिनदेखि आमाको काजक्रियामा बसिरहनुभएको थियो । तर सुगर र प्रेसर बढेपछि आइतबार दिउसो सोलुबाटै हेलिकोप्टरबाट काठमाडौं ल्याइ उपचार थालिएको छ’ खतिवडाले भने, ‘त्यस्तो क्रिटिकल होइन तर सुगर र प्रेसर कम नभएपछि थप जोखिम नहोस् भन्दै ल्याइएको हो ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया