शून्य समय : महँगी र डेंगु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ ।
सांसदहरुले मुलुककका ७२ जिल्लामा डेँङ्गुको सङ्क्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै आवश्यक पहलका लागि माग गरेका हुन् । सांसद मीनाकुमारी श्रेष्ठले डेंगुको रोकथाम र नियन्त्रणका लागि पहल गर्न आग्रह गरिन् ।
बैठकमा सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका सबै जिल्लाका लागि सेटेलाइटका माध्यमबाट उपचार गराउन माग गरिन् । सांसद शेरबहादुर तामाङले गत वर्षको मेलम्चीमा आएको बाढीबाट प्रभावितलाई अझै उचित राहत नदिइएकामा चिन्ता व्यक्त गरिन् ।
बैठकमा सांसद बिमला विश्वकर्माले महँगी नियन्त्रण गर्न माग गरिन् । सांसद डा. विन्दा पाण्डेले विश्वविद्यालयहरुको समस्याका विषयमा कार्यसूचीमा राखेर छलफल गर्न र सांसद लक्ष्मीकुमारी चौधरीले छाडा चौपायको व्यवस्थापन गर्न माग गरिन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया