१२ वर्षीया बालिका बलात्कारपछि हत्याका आरोपी समातिए
मोरङ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे बस्ने १२ वर्षीय छात्राको करणी गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी यही फागुन ११ गते विद्यालयबाट छुट्टी भई घर फर्किरहेकी बालिकालाई जङ्गलको बाटोमा करणी गरी हत्या गरेको आरोपमा लेटाङ नगरपालिका–८ बस्ने ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको जनाएको छ ।
आरोपी गिरीले बालिकाको करणीपश्चात हत्या गरी जङ्गलमा ढुङ्गाले छोपी विद्यालयको पोशाक आफ्नो घरभन्दा ५०० मिटर टाढा जलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।
मृतक बालिकाको विद्यालय घरभन्दा दुई घण्टाको दूरीमा जङ्गलको बाटो भएर जानुपर्दछ । आरोपी गिरीलाई लाइटरको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । निज आरोपीलाई जबरजस्ती करणी तथा हत्याको अभियोगमा मुद्दा चलाई सजाय माग गरिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया