एमसिसीको विरोधमा ८ वामद्वारा सोमबार नेपाल बन्द
काठमाडौं । ६ वटा कम्युनिस्ट पार्टी र २ वाम संगठनले अमेरिकी परियोजना एमसिसीको विरोधमा सोमबार (भोलि) नेपाल बन्दको घोषणा गरेका छन् ।
आज सत्तारुढ दलले एमसिसी पारित गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याइरहेको बेला बन्दको घोषणा गरिएको हो ।
६ कम्युनिस्ट पार्टी र २ वाम संगठनले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका नेताहरूले राष्ट्रघाती एमसिसी पारित गर्ने मुर्खता गरेको भन्दै बन्दको घोषणा गरेको बताएका छन् ।
बन्द आह्वान गर्नेमा विप्लव समूह, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनणतान्त्रिक मोर्चा, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (माओवादी समाजवादी) छन् ।
यस्तै, एमसिसीको विरोधमा आज राति मसाल जुलुससमेत गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया