सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि आइपिओ जारी गर्दै
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले भदौ २९ गतेदेखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका निष्काशन गर्ने भएको हो ।
जसमध्ये ५५ अर्थात् ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३५ अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सो आइपिओमा लगानीकर्ताले असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया