चुनाव लक्षित संरचना निर्माण गर्दै अखिल (क्रान्तिकारी)
काठमाडाैं । माओवादी (केन्द्र) निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना ‘अखिल फोर्स’ गठन गर्ने भएको छ । भदौ २२ गते बिहान १० बजे राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।
मंशिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशब्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल (क्रान्तिकारी)ले विशेष संरचना निर्माण गर्न लागेको हो।
‘अखिल फोर्सु अखिल (क्रान्तिकारी) केन्द्रिय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए । कार्यक्रममा अध्यक्ष पञ्चा सिंह सहित केन्द्रिय पदाधिकारीहरु , प्रदेश पदाधिकारीहरु सहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमलक सहभागीता रहने उपाध्यक्ष शाहीले जनाकारी दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया