पोग्बाले विश्वकप गुमाउने सम्भावना बढ्यो
काठमाडौं । फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले आगामी नोभेम्बरमा कतारमा सुरु हुने फिफा विश्वकप गुमाउने सम्भावना बढेको छ ।
पोग्बाले घुँडाको चोटको शल्यक्रिया गरेका कारण विश्वकप गुमाउने सम्भावना बढेको फ्रेन्च सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इटालियन क्लब युभेन्ट्स गएका पोग्बाले गत जुलाईमा चोट बोकेका थिए । चोटका कारण उनले यस सिजन एक खेल पनि खेलेका छैनन् ।
फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । सो समूहमा डेनमार्क र ट्युनिसिया छन् ।
सन् २०१८ को विश्वकप जित्दा पोग्बा फ्रान्सको मुख्य खेलाडी थिए । उनले फाइनलमा गोलसमेत गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया