आगामी २४ घण्टा हाम्रा लागि निकै महत्त्वपूर्ण छ : युक्रेन

काठमाडौं । युक्रेनले आगामी २४ घण्टा आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनलाई टेलिफोन गर्दै यस्तो बताएका हुन् ।
रुसले देशभर आक्रमण जारी राखेकाले आगामी २४ घण्टा आफ्ना लागि निकै महत्त्वपूर्ण हुने जेलेन्स्कीको भनाइ छ ।
बेलायती सरकारका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार, जोन्सनले रुसविरुद्धको युद्धमा जेलेन्स्कीले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका थिए ।
जोन्सनले बेलायत र यसका सहयोगीहरूबाट युक्रेनमा पुग्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताए।
बिबिसीका अनुसार, दुई नेताले निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता पनि जायर गरेका छन् ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया