NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

लगातार दुई खेल हारेपछि भारत एसिया कपबाट बाहिरियो

काठमाडौं । एसिया कप टी २० मा लगातार दुई खेल हारेपछि भारत बाहिरिएको छ ।

सुपर फोरमा पाकिस्तानपछि श्रीलंकासँग ६ विकेटले पराजित भएपछि भारत बाहिरिएको हो ।

१७५ रनको लक्ष्य श्रीलंकाले अन्तिम एक बल बाँकी हुँदै पूरा गरेको हो ।

अब अन्तिम खेलमा भारतले अफगानिस्तानको सामना गर्नेछ ।

अब श्रीलंका र अफगानिस्तानले पाकिस्तानलाई हराउने र भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराएमात्रै भारतको फाइनल पुग्ने आशा जीवित हुन सक्छ ।

तर यो सहजै सम्भव हुन गाह्रो छ ।