क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कार आरोप, प्रहरीमा जाहेरी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नाबालिका बलात्कार गरेको आरोप लागेको छ ।
लामिछानेविरुद्ध मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय, टेकुमा जाहेरी परेको छ । स्रोतका अनुसार, १८ वर्षमुनिकी ती किशोरी काठमाडौंको एक कलेजमा अध्ययनरत छिन् ।
जाहेरीमा ती किशोरीले गत ५ भदौमा काठमाडौंको एक होटेलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको दाबी गरेकी छन् । सोही दिन दिउँसो नगरकोट घुम्न गएको तर केही नगरेको पनि उजुरीमा उल्लेख छ ।
जाहेरीपछि प्रहरीले घटनामाथि अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार, किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको भनिएको होटेलको प्रमाण संकलन गर्ने तयारी अघि बढाइएको छ ।
क्रिकेटर सन्दीप घटना भएको भोलिपल्ट विदेश उडेका थिए । हाल उनी क्यारेबियन प्रिमियर लिगमा सहभागिताका लागि वेस्टइन्डिजमा छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया