होन्डाको ‘दशैं शुभ लाभ’ योजना : स्क्र्याच कुपनमार्फत ७ लाख रुपैयाँसम्मको क्यासब्याक
काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले चाडपर्व लक्षित ‘होन्डाको दशैंको शुभ लाभ’ नामक उपहार स्किम सार्वजनिक गरेको छ । कम्पनीको उपहार योजनाअन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपनमार्फत ७ लाख रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।
यो योजना अन्तर्गत ग्राहकले मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच मार्फत ७० हजार रुपैयाँसम्म जित्न सक्नेछन् । यस्तै अन्य उपहारहरु र ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ लाख रुपैयाँसम्म र बम्परमा लक्की ड्रमार्फत १५ लाख रुपैयाँ नगद उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस्तै ग्राहकदलाई ईजी फाइनान्सको पनि सुविधा रहेको जनाएको छ ।
उक्त योजना २० भदौ २०७९ देखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया