सुनको मूल्य १००० रूपैयाँले घट्यो

काठमाडाैं । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँले बढेर ९४ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ९२ हजार पाँच सय रूपैयाँ कायम भएको छ ।
आज चाँदी तोलामा १२० रूपैया घटेर एक हजार ११० रूपैयाँमा कारोबार भइरहेको महांसंघले जनाएको छ । मंगलबार चाँदी तोलामा एक हजार १२५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया