कमेडियन अपूर्व क्षितिजलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन थुनमा राख्न अनुमति दिएको छ । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन सिंहलाई थुनामा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिप्रकले अनुमति दिएको हो ।
सिंहविरूद्ध नेवा समुदायको संस्कृति, भाषा तथा रहनसहनलाई लिएर व्यंग्य गरेको भन्दै अभियान्ताहरूले जाहेरी दिएका थिए । कारवाहीको मागदाबी गर्दै परेको जाहेरी उपर उनलाई प्रहरीले पक्राउ गरेका थियो ।
युटुबमा अपलोड भएको ‘नेवारको परम्परा’ शिर्षकको उक्त भिडियोको सर्वत्र आलोचना भएपछि सिंहले आम माफीसमेत मागेका थिए । अहिले सामाजिक सञ्जालदेखि संसदसम्म उनको रिहाइका लागि माग उठेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया