कमेडियन अपूर्व क्षितिजलाई थप ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन थुनमा राख्न अनुमति दिएको छ । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन सिंहलाई थुनामा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिप्रकले अनुमति दिएको हो ।
सिंहविरूद्ध नेवा समुदायको संस्कृति, भाषा तथा रहनसहनलाई लिएर व्यंग्य गरेको भन्दै अभियान्ताहरूले जाहेरी दिएका थिए । कारवाहीको मागदाबी गर्दै परेको जाहेरी उपर उनलाई प्रहरीले पक्राउ गरेका थियो ।
युटुबमा अपलोड भएको ‘नेवारको परम्परा’ शिर्षकको उक्त भिडियोको सर्वत्र आलोचना भएपछि सिंहले आम माफीसमेत मागेका थिए । अहिले सामाजिक सञ्जालदेखि संसदसम्म उनको रिहाइका लागि माग उठेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया