सन्दीपलाई बलात्कारको आरोप लागेको विषयलाई भारतीय मिडियाले समाचार बनाए
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेको विषयलाई भारतका सञ्चारमाध्यहरूले पनि प्राथमिकताका साथ समाचार बनाएका छन् ।
भारतीय समाचार एजेन्सी एएनआईले सन्दीपमाथि एक १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लागेको समाचार छापेको छ ।
यस्तै, इन्डिपेन्डेन्ट पत्रिकाको अनलाइनमा पनि सन्दीपमाथि बलात्कारको आरोप लागेको समाचार प्रकाशित छ ।
ग्लोबल स्टारसमेत रहेका सन्दीपलाई नुवाकोट घर भएकी एक १७ वर्षीया किशोरीले बलात्कार गरेको आरोप लगाएर उजुरी दिएकी छिन् । सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्ने क्रममा देशबाहिर छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया