सन्दीप सिसिटिभी फुटेजमा किशोरीसँग यस्तो अवस्थामा देखिए
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका ग्लोबल स्टार सन्दीप लामिछानेलाई यतिबेला नाबालिग बलात्कारको आरोप लागेको छ । उनले आफ्नै फ्यानलाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरीसममेत दर्ता भइसकेको छ ।
देशमा आफूमाथि बलात्कारको आरोप लागिरहँदा सन्दीप भने क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्ने क्रममा छन् ।
उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार बिहीबार बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ ।
सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ । सेप्टेम्बर २५ सम्मको उनको टोलीको लिग खेलमात्रै चल्ने तालिका छ । यस्तोमा सन्दीप चाँडै नेपालमा आउने सम्भावना छैन ।
यसर्थ, उनलाई के गर्ने भन्ने विषयमा नेपाल प्रहरीभित्र बहस भइरहेको छ । इन्टरपोलको मद्दतले सन्दीपलाई नेपालमा झिकाउने विषय पनि बाहिरिएको छ । यद्यपि, प्रहरीले आफ्नो अनुसन्धानलाई अघि बढाइरहेको छ । यसैबीच, प्रहरीले सन्दीप र नाबालिग किशोरी काठमाडौंको एउटा होटलमा झिरेको सिसिटिभी फुटेज फेला पारेको छ । प्रहरी स्रोतका अनुसार सन्दीप र ती किशोरीले सिनामंगलस्थित एक होटमा करिब सात घण्टा बिताएका थिए ।
यो घटना भदौ ५ गते रातिको हो । जहाँ सन्दीप र ती किशोरी मध्यराति ११ः५५ मा होटल पसेको देखिएको छ । उनीहरू सो होटलको कोठा नम्बर ३०५ मा बसेको बताएको छ ।
प्रहरी स्रोतका अनुसार सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएका छन् भने किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएर कोठाभित्र छिरेको पाइएको छ ।
त्यहाँ करिब सात घन्टा बिताएपछि भोलिपल्ट करिब पौने ७ बजेतिर उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देख्न सकिन्छ ।
ती किशोरीले सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक–पटक बलात्कार गरेको प्रहरीलाई बयान दिएकी छिन् । उनले जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ ।
बुधबार नै प्रमाण संकलन गरेपछि सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी रहेको बताइएको छ ।
सन्दीपले आफूलाई नगरकोट पनि लगेको ती किशोरीले बयान दिएकी छिन् । प्रहरीले नगरकोटसमेत प्रमाण संकलन गरिरहेको बताइएको छ ।
प्रतिक्रिया