कहिलेबाट लागू हुँदैछ निर्वाचन आचारसंहिता ?

काठमाडौं । निर्वाचन आयोगले आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ असोजबाट आचारसंहिता कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
आयोगले विगतको अभ्यासअनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउने समयलाई आधार मानेर आचारसंहिता लागू गर्ने तयारी गरेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, समानुपातिकतर्फको बन्दसूची बुझाउने समयअगावै आचारसंहिता लागू हुने सम्भावना छ ।
आयोगले यही भदौ १३ गते आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो आचारसंहिता चुनावी प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोगको अनुमति दिने, विदेशी नम्बर प्लेटको सवारी प्रयोगमा रोक लगाउनेलगायत व्यवस्था गरिएको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया