इरानमा युरेनियमको भण्डारण अत्यधिक
काठमाडौं (एजेन्सी) । इरानले सन् २०१५ मा भएको सम्झौताभन्दा १९ गुणा बढी युरेनियमको भण्डारण संवर्धित गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले जनाएको छ ।
इरानले सन् २०१५ मा विश्वशक्तिराष्ट्रसँग भएको सम्झौतामा उल्लेखित सीमाभन्दा बढी युरेनियम संवर्द्धन जारी राखेको संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायले बुधबार जनाएको हो ।
आईएईएको रिपोर्टअनुसार २१ अगष्टसम्म इरानको मौज्दात अनुमानित तीन हजार ९४० किलोग्राम रहेको छ, जुन अघिल्लो त्रैमासिकको प्रतिवेदनको तुलनामा १३१।६ किलोग्राम बढी हो ।
शान्तिपूर्ण प्रयोजनको प्रत्याभूति गर्न नसकिने
आईएईएले इरानको आणविक कार्यक्रमको शान्तिपूर्ण प्रकृतिको प्रत्याभूति दिन नसक्ने बताउँदै अघोषित स्थलमा विगतको आणविक सामग्रीको उपस्थितिका बारेमा उठेका प्रश्नको समाधानमा कुनै प्रगति नभएको बताएको छ ।
आईएईएले रिपोर्टमा भनिएको छ, “इरानको आणविक कार्यक्रम शान्तिपूर्ण छ भनेर आश्वासन दिन सक्ने अवस्थामा नरहेको बताएको छ ।”
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया