असोज १ गतेबाट दशैंको लागि टिकट बुकिङ खुल्ने, अनलाइनबाट बुकिङ गर्नेलाई सहुलियत
काठमाडौं । दशैंको लागि अग्रिम टिकट बुकिङ यही असोज १ गते शनिबारबाट खुल्ने भएको छ । सार्वजनिक सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातहरूको बुकिङ सो दिनबाट खुलाउन लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार अनलाइनमार्फत टिकट बुकिङ गर्ने यात्रुका लागि व्यवसायीहरूले छुट तथा सहुलियतकोसमेत व्यवस्था गर्नेछन् ।
यातायात आवगमन सहज बनाउनका लागि खाद्यन्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्नेबाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरूलाई रोक लगाइने छ । विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिएअनुसार असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म उक्त सवारी साधनहरूलाई रोक लगाउने निर्णय भएको हो ।
त्यस्तै, यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुनेगरी रूट परमिट खुला गरिनेछ । तर, बाटोको अवस्था तथा प्रकृतिका कारण त्यहाँ निषेध गरिएका सार्वजनिक सवारीहरूलाई लगाइएको बन्देज भने कायमै रहने उनले बताए ।
योसँगै अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारी साधनको विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी अनुगमन हुने निर्णय भएको छ ।
उनका अनुसार विभागले सवारी गुड्ने मुख्य सडकलाई मर्मत संभार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि भएको छ ।
कोभिड–१९ को प्रकोप अझै कायम रहेको हुँदा स्वास्थ्य मापदण्डको पालना भने अनिवार्य गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया