क्यानको सम्पर्कमा आए सन्दीप, भने– म निर्दोष छु, सहयोग गर्नुहोस्

काठमाडौं । बलात्कारको संगीन आरोप खेपेका नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को सम्पर्कमा आएका छन् ।
क्यारेबियन प्रिमियर लिगमा सहभागिताका लागि वेस्ट इण्डिजमा रहेका सन्दीप आफूहरूसँग सम्पर्कमा आएको क्यानका एक पदाधिकारीले बताए ।
क्यानका ती पदाधिकारीका अनुसार, सन्दीपले नाबालिकाद्वारा लगाइएको बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफू निर्दोष रहेको र क्यारेबियन प्रिमियर लिग सकिएलगत्तै स्वदेश फर्किने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।
‘हाम्रो सम्पर्कमा जोडिनु भएको सन्दीपले अभियोग अस्वीकार गर्नुभएको छ,’ क्यानका ती पदाधिकारीले भने, ‘क्यारेबियन प्रिमियर लिग जारी रहेकाले त्यो सकिएलगत्तै नेपाल फर्कंने जानकारी उहाँले गराउनुभएको छ ।’
सन्दीपले क्यानका पदाधिकारीसँग सहयोगको अपेक्षासमेत राखेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानमाथि बलात्कार गरेको जाहेरी प्रहरीमा परेपछि बुधबार क्यानको बैठक बसेको थियो । तर उसले तत्काल उनीमाथि कुनै कारबाही नगर्ने भएको छ । अभियोग मात्र लागेकाले छानबिनको निष्कर्षसम्म पर्खिने क्यानको भनाइ छ ।
सन्दीपविरुद्ध एक नाबालिकाले मंगलबार बलात्कार गरेको जाहेरी प्रहरीमा दिएकी थिइन् । जाहेरीपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया